बागलुङ: बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
बाग्लुङ | भदौ २१, २०८१
बागलुङ (ढोरपाटन): बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ ।
घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।
मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस
आज बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...


